प्रमुख समाचार


दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरि मनाइयो भाइटीका

पोखरा। आज यमपञ्चकको पाँचौ दिन अर्थात् भाइटीका । टीकाको उत्तम साईट ११ बजेर ३७ मिनेटमा भाइटीका लगाई मनाईएको छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी...

दिदीबहिनी नहुनेले बालगोपालेश्वर मन्दिरमा लगाए भाइटीका

काठमाडौँ । आज यमपञ्चक अर्थात तिहारको मुख्य दिन बालगोपालेश्वर मन्दिर दिदीबहिनी नहुनेका लागि आज एक दिनका लागि काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी...

हराउँदै देउसी भैलोको रौनक

पोखरा । फूलैफूलको पर्व भनेर चिनिने नेपालीहरुको दोस्रो ठूलो चाड तिहारले सबैतिर छाइसकेको छ । तिहारलाई रमाइलो पर्वको रुपमा पनि लिने गरिन्छ । हरेक घरमा देउसी भैलो खेल्दै नाचगान गरिने भएकाले रोचक पनि हुन्छ । तिहारको रौनक भनेको नै देउसी भैलो र विभिन्न जनावरको...

देशको विकास बाहेक अरु एजेण्डा छैन : ओनसरी घर्ती

काठमाडौंँ । नेकपा (माओवादी केन्द्र) की नेता ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छिन्। बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१ औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धि...

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न हुन्छ प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको बताएका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज शङ्खधर चोक मध्यपुरथिमिमा...

भीम रावलको प्रश्न : शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरिदिए कसो होला ?

पोखरा। नेकपा (एमाले)का नेता डा. भीम रावलले निर्वाचन आयोगप्रति प्रश्न उठाएका छन्। नेता रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत् व्यंग्य गर्दै आयोगलाई सोधेका छन्, ‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले शीर्ष ठानेका नेताहरूलाई अहिले नै विजयी...

शंखधर साख्वाको प्रतिमामा प्रधानमन्त्री देउवाले गरे माल्यार्पण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गरेका छन् ।एक समारोहका बीच प्रधानमन्त्री देउवाले बुधबार भक्तपुरको मध्यपुर थिमिस्थित शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका हुन् । उनले...

आज गोवर्द्धन, बलि, गोरु र हली पूजा गरिंदै

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले...

आज नेवार समुदायको नयाँ वर्ष : पोखरामा भिन्तुना र्‍याली

पोखरा । नेपाल संवतको नयाँ वर्ष ११४३ को अवसरमा आज पोखरामा भिन्तुना र्‍याली प्रदर्शन गरिएको छ । नेवारी पोसाक लगाएर महिला तथा पुरुषले बाँसुरी बाजा, धिमे बाजालगायत विभिन्न प्रकारका बाजा बजाउँदै विभिन्न सङ्घ सङ्गठनको सहभागितामा नेवा खलः कास्कीले पोखराको रानीपौवाबाट...