एमालेले तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने

केन्द्रभाग मिडिया

पोखरा ।

सर्वेन्द्र खनाल तनहुँ १ मा उम्मेदवार बन्ने भएका छन् । नेकपा एमालेमा खनाललाई उम्मेदवार बनाउने सहमती जुटेको हो । बालकोटमा तनहुँका नेताहरुसंगको छलफल पछि खनालको नाममा सहमति जुटेको एमाले स्रोतले बतायो ।

एमालेको सचिवालय बैठकले खनाललाई उम्मेदवार बनाउने निर्णय गर्ने बताइएको छ । खनाल तनहुँ भानु नगरपालिकाका स्थायी बासिन्दा हुन् ।खनाल नेपाल प्रहरीका पूर्व आइजिपी पनि हुन् ।

यसअघि ०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा भने उनी काठमाडौं–६ बाट उम्मेदवार बनेका थिए । तनहुँ–१ मा कांग्रेसबाट अलग भएर रास्वपामा सहभागी भएका डा. स्वर्णिम वाग्ले उम्मेदवार बन्दैछन् ।
कांग्रेसले भने गोविन्द भट्टराईलाई अघि सार्ने भएको छ ।

  • १८ चैत्र २०७९, शनिबार १४:२४ प्रकाशित