प्रमुख समाचार


राष्ट्रिय माविका १५ जना पूर्व विद्यार्थीहरु सम्मानित

पोखरा । पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयले स्थापनको ७५ वर्ष प्रवेशको अवसर पारी आयोजित हीरक महोत्सव तथा वृहत पुनर्मिलन कार्यक्रममा विद्यालयका १५ जना पूर्व विद्यार्थीहरु सम्मानित भएका छन । विद्यालयले पूर्व विद्यार्थी कृषि...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ८५० ग्राम सुन बरामद गरेको छ । भारतीय महिला सहिना प्रभिनको साथबाट प्लास्टिकले कभर गरेको अवस्थामा सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले जानकारी दिएका छन् । अन्डरवेयरभित्र...

चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेशीए

काठमाडौँ । चैत महिनामा ७० हजार भन्दा बढी नेपालीहरूले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार २०८० को चैत महिनामा ७० हजार ९३३ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन्...

भारतमा लोकसभाको निर्वाचन सुरु

नयाँ दिल्ली । भारतमा लोकसभाको निर्वाचनको पहिलो चरणको मतदान सुरु भएको छ । शुक्रबार बिहान ६ बजेदेखि देशका २१ राज्य र केन्द्र प्रशासित प्रदेशमा १०२ सिटका लागि मतदान सुरु भएको छ । मतदान साँझ ६ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा अरुणाचल...

साताको अन्तिम दिन आज युरोको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९६ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर...

मोटरसाइकलको लेगार्डबाट खसेको १७ लाख रुपैया सम्बन्धितलाई बुझाइयो

पोखरा । मोटरसाइकलको लेगार्डबाट खसेर हराएको १७ लाख रुपैया सम्बन्धित ब्याक्तिलाई बुझाइएको छ । बैंकमा जम्मा गर्न लगिएको १७ लाख रुपैया फेला पारी प्रहरीको रोहबरमा सम्बन्धित ब्याक्तिलाई बुझाइएको कास्की प्रहरीले जनाएको छ । बिहीबार दिउसो पोखरा ८ पृथ्वीचोकमा...

यस्तो छ २४ घण्टाकाे माैसम पूर्वानुमान

पाेखरा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि...

यूनाइटेड क्लबद्धारा पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण

पोखरा । यूनाइटेड क्लब पोखराले पोखरा १५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ । क्लबले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रमको छैठौ दिन बिहीबार पोखरा आरोग्य आश्रममा आश्रितहरुलाई लक्षित गरी खाद्यान्न...

राष्ट्रिय माविको हीरक महोत्सव : पुर्नमिलनको तयारी पुरा, १५ जना पूर्व विद्यार्थीहरु सम्मानित हुँदै

पोखरा । स्थापनाको ७५ औँ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आउदो शनिबार अर्थात ८ वैशाखमा गर्ने वृहत पुर्नमिलन समारोहको तयारी पुरा भएको जनाएको छ । २० मंसिर ०८०...