प्रमुख समाचार


बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबिच झडप, प्रहरीले चलायो जामर भेहिकल

काठमाडौँ । बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो । झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको...

पोखराको होटलमा तनहुँकी सुकूको शंकास्पद मृत्यु

पोखराको एक होटलमा एक महिला शंकास्पद मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ मा रहेको युनिक होटलमा मंगलबार बेलुकी एक महिला अचेत अवस्थामा भेटिएकी थिइन्। मंगलबार बेलुकी पौने ७ बजेतिर होटलमा अचेत भेटिएकी तनहुँको भीमादकी ३८ वर्षीया सुकु विकलाई उपचारका...

इजरायलले आक्रमण रोक्ने, हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति

काठमाडौं । इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति भएको छ । यो जानकारी इजरायलको प्रधानमन्त्री कार्यालयले दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री कार्यालयले भनेको छ, ‘इजरायल सरकार सबै बन्धकहरुलाई...

आज उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

पोखरा । आज देशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो...

आज डलरको भाउ बढ्यो (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५४...

पोखरामा ड्रग्ससहित तीन युवक पक्राउ

पोखरा । पोखरामा ड्रग्सहित तीन युवक पक्राउ परेका छन् । उदयपुर स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ५ मासबार बस्ने वर्ष २३का जिवन वि.क,अर्घाखाँची स्थायी घर भई हाल हाल पोखरा ८ सितलमार्ग बस्ने बर्ष २५ का प्रविण पौडेल र पोखरा ९ संगममार्ग बस्ने बर्ष...

पोखराको पटनेरीमा माछा मार्ने क्रममा करेन्ट लागि श्रीमान श्रीमतीको ज्यान गयो

पोखरा । पोखरामा माछा मार्ने क्रममा दुई जनाको ज्यान गएको छ । हिजो सोमबार साँझ ६ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बार २९ पटनेरीका ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीय सावित्री सुनारको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले...

नागरिकको गुनासो सुन्न कास्की प्रहरीद्धारा ‘क्युआर कोड’ को व्यवस्था

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले नागरिकको गुनासो सुन्नको लागि ‘क्युआर कोड’ को व्यवस्था गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले यस कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरु विरुद्ध उजुरी कुनै गुनासो वा प्रहरी काम कारवाहीको...

बेपत्ता कलाकार प्रकाश ढकाल कृष्णभिरमा मृत भेटिए

बेपत्ता रहेका कलाकार प्रकाश ढकाल मृत फेला परेका छन्। ढकाल धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभिरमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ढकालको शव आइतबार साँझ ५ बजेतिर फेला परेको...