प्रमुख समाचार


प्रधानमन्त्री र प्रधानसेनापतिबिच सिंहदरबारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र प्रधान सेनापति अशोकराज सिग्देलबिच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुईजना बिच मंगलबार १० बजेर ५० मिनेटमा शुरु भएको भेटवार्ता जारी रहेको मन्त्रिपरिषद्को कार्यालयका एकजना...

महोत्तरीमा स्कुल बस दुर्घटना : ६ जना घाइते

जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार बिहान विद्यालय बस दुर्घटना पाँच बालबालिकासहित ६ जना घाइते भएका छन् । आज बिहान साढे ७ बजे तिर गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडक खण्डमा मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बा१क ६१२९ नम्बरको...

अवरुद्ध मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुल्यो

चितवन । मुग्लिन-नारायणगढ सडक खण्डको मुग्लिन बजार नजिकै खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी रूपमै सञ्चालनमा आएको छ। आज बिहान पहिरोका कारण एकतर्फी मात्र सञ्चालनमा रहेको उक्त सडक खण्डलाई सडक डिभिजन भरतपुरले आफ्नो उपकरण प्रयोग गरेर पहिरो हटाएको हो। डिभिजनका...

अमेरिकी र अस्ट्रेलियन डलरसहित धेरैजसो मुद्राको भाउ घट्यो

पोखरा । आज (मंगलबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारको मूल्य स्थिर हुँदा अस्ट्रेलियन डलरको भाउ घटेको थियो । तर, युरो, पाउन्ड लगायत केही...

मानवसेवा आश्रमको महायज्ञबाट झण्डै ४ करोड संकलन

पोखरा। मानवसेवा आश्रमले श्रीमद्भागवत सप्ताह ज्ञान- विज्ञान महायज्ञ २०८३ को आयव्यय विवरण सार्वजनिक गरेको छ । आयोजक आश्रमले आज पत्रकार सम्मेलनको आयोजना गर्दै गत वैशाख १९ गतेदेखि २६ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजामा सम्पन्न गरेको महायज्ञको...

आपसी सद्‌भाव कायम राख्नुपर्नेमा सांसदहरूको जोड

काठमाडौं। राष्ट्रियसभाको सोमबारको बैठकमा सांसदहरूले आपसी सद्‌भाव कायम राख्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनीहरूले किसानका समस्या समाधान, युवालाई स्वदेशमै रोजगारी सिर्जना, आपसी सद्‌भाव कायम गर्न तथा मानव बेचविखन नियन्त्रणका...

शिक्षामन्त्रीसँग मंगोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियन चेस फेडेरेशनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल र मंगोलियाबिचको...

वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गरेको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरूले न्यूनतम पारिश्रमिकको...

बसको ठक्करबाट सुनकोशी नदीमा कार खस्यो

काठमाडौं । सिन्धुलीस्थित सुनकोशी नदीमा कार खसेको छ । फिक्कल गाउँपालिका–२ नवलपुरबाट सुनकोशी नदीमा बसको ठक्करबाट कार खसेको सूचना आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रवीन्द्रबहादुर सिंहले जानकारी दिएका छन् । कार खसेको सूचना आएपछि अहिले प्रहरी...