प्रमुख समाचार


दुर्गा प्रसाईद्वारा सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएका छन् । भक्तपुरस्थित निवासबाटै सुरक्षाकर्मीले पक्राउ गरेपछि प्रसाईंको हकमा अधिवक्ता सुरेश बोहराले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएका हुन्...

स्याङ्जा कारागारका १६४ कैदीबन्दीमध्ये १७ जना कैदीबन्दीले मतदान गर्ने

स्याङ्जा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा कारागारका १७ जना कैदीबन्दीले मतदान गर्ने भएका छन् । पुतलीबजार नगरपालिका-१ स्थित जिल्ला कारागारमा चार महिलासहित १६४ जना कैदीबन्दी रहे पनि मतदाता परिचयपत्र बनाएको र स्थायी मतदाता नामावलीमा...

१५ करोड ६१ लाख रुपैयाँ बराबरको होलीको रङ आयात

काठमाडौं। होलीमा प्रयोग हुने रङ १५ करोड ६१ लाख रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकअनुसार १५ करोड ६१ लाखरुपैयाँको २५१.९७ मेट्रिक टन रङ आयात भएको उल्लेख छ । उक्त परिमाणमा रङ आयात हुँदा ३ करोड ३८ लाख...

भोलि राति नेपालमा खण्डग्रास चन्द्रग्रहण देखिने

काठमाडौं । नेपालमा भोलि मंगलबार राति खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले दिएको जानकारी अनुसार सन् २०२६ मा विश्वभर लाग्ने दुई चन्द्रग्रहण र दुई सूर्यग्रहणमध्ये नेपालबाट देखिने यो खण्डग्रास चन्द्रग्रहण हो । चन्द्रोदयसँगै...

हिमपातले सडक अवरुद्ध भएपछि हुम्लामा हेलिकप्टरबाट पठाइयो निर्वाचन सामग्री र कर्मचारी

हुम्ला । आगामी फागुन-२१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उत्तरी नाम्खा गाउँपालिकाका ४ वटा मतदान स्थलमा नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचन सामाग्री र कर्मचारी पुर्‍याइएको छ । हिमपातले अवरुद्ध नाम्खा गाउँपालिका-६ स्थित ५ हजार २०० मिटर उचाइको न्यालु...

बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएकी छन् । प्रधानमन्त्री कार्कीले केही बेरअघि सरकारी निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार मध्यपूर्वमा तनाव बढेपछि त्यसबारे...

युद्ध प्रभावित मुलुकका नेपालीहरूको सुरक्षा र उद्धारमा ध्यान दिन आयोगको आग्रह

 काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले युद्ध प्रभावित मुलुकमा रहेका नेपालीहरूको सुरक्षा र उद्धारमा ध्यान दिन आग्रह गरेको छ । शनिबार इरानमा भएको इजरायल–अमेरिकी आक्रमणका कारण मध्यपूर्वी मुलुकहरूमा देखिएको अन्योलग्रस्त अवस्था र त्यस क्षेत्रमा रहेका नेपाली...

पोखरामा महिलामाथि अभद्र व्यवहार र कुटपिट गर्ने पार्किङ कर्मचारी पक्राउ

पोखरा। पोखराको मुख्य व्यापारिक केन्द्र चिप्लेढुङ्गामा महिलामाथि अभद्र व्यवहार र कुटपिट गर्ने एक युवकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा बागलुङ स्थायी घर भई हाल...

कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

कतार । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा जारी सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरेको छ । दूतावासले पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिलाई दृष्टिगत गर्दै कतारमा रहेका सम्पूर्ण नेपालीलाई सतर्कता अपनाइ सुरक्षित...