उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना : सुगर लेबल एकदमै कम

केन्द्रभाग मिडिया

प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुर बेहोस भएपछि ललितपुरस्थित किष्ट मेडिकल कलेजमा भर्ना भएकी छिन् ।अस्पताल स्रोतका अनुसार उनलाई बिहान बेहोसी अवस्थामै उपचारका लागि अस्पताल पुर्‍याइएको थियो ।

‘हिजो राति ज्वरो आएको थियो । बिहान अस्पताल आइपुग्दा उहाँको सुगर लेबल एकदमै कम थियो,’ अस्पताल स्रोतले भन्यो, ‘ बेहोसी अवस्थामा हुनुहुन्थो । अहिले होस आएको छ ।’

प्रारम्भिक उपचारपछि उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको अस्पतालले जनाएको छ । अहिले विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार प्रक्रिया अघि बढाइएको छ ।

स्वास्थ्यमा देखिएको समस्याको यकिन कारण पत्ता लगाउन अन्य परीक्षण पनि भइरहेको छ ।‘थप परीक्षण गरिरहेका छौं । अहिले भर्ना नै गरेर उपचार भइरहेको छ,’ ती अधिकारीले भने ।

  • १६ बैशाख २०८३, बुधबार १५:१९ प्रकाशित