प्रमुख समाचार


अमेरिकी डलरसहित अधिकांश मुद्राको भाउ घट्यो

पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । तर, युरोसहितका केही मुद्रा भने आज पनि महँगिएका छन् । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार...

हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमण प्रयास

काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ। गुरुङका अनुसार, बुधबार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको थियो। त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्याएको थियो । ‘सिनामंगलको गल्ली-गल्ली पछि पनि खोजिराथे...

जेनजी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै च्यासलमा एमालेको बैठक

काठमाडौं। जेनजी आन्दोलनपछि पहिलो पटक नेकपा एमालेको बैठक बसेको छ । आन्दोलनका कारण आगजनी र तोडफोडबाट ध्वस्त बनेको पार्टी कार्यालय च्यासलमा बुधबार पहिलो पटक बैठक बसेको हो । जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीको जनसङ्गठन, सम्पर्क...

नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्नुपर्छ : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले जेनजी आन्दोलनको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हर्कत र विध्वंसको भने विरोध गर्नुपर्ने बताए । उनले नयाँ...

कोरियामा ई–७ भिसा मार्फत नेपाली श्रमिक पठाउन बनेको कार्यविधि कार्यान्वयन नहुने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनपछि दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि कार्यान्वयन नहुने भएको छ । वैदेशिक रोजगार विभागले बुधवार एक सूचना जारी गर्दै यो जानकारी गराएको हो। विभागका अनुसार, श्रम,...

आज सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा दुई लाख १६ हजार १०० रुपैयाँ कायम भएको जनाएको छ । यसअघि मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख १७ हजार १००...

स्थगित भएको कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

काठमाडौं । स्थगित गरिएको कक्षा १२ को मौका ९पूरक० परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ ।यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा स्थगित गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा ११...

मुग्लिन–नारायणगढ सडकमा ढुङ्गा खसेर बसमा लाग्दा एक यात्रुको ज्यान गयो

मुग्लिन । नारायणगढ–मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खसेर लाग्दा एक जना यात्रुको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढतर्फ गइरहेको ग२ख १८३६ नम्बरको बसमा मङ्गलबार साँझ इच्छाकामना...

अमेरिकी र अस्ट्रेलियन डलरसहित यी मुद्राको भाउ घट्यो

पोखरा । आज बुधबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती, बहराइन दिनारसहितका विदेशी मुद्राको विनिमयदर घटेको छ । अमेरिकी डलरको मूल्य हिजो पनि घटेको थियो । तर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको छ। यी मुद्राको मूल्य विगत केही दिनदेखि लगातार...