प्रमुख समाचार


आज घट्यो सेयर बजार

काठमाडौं । मंगलबार सेयर बजार २.६१ अंक घटेको छ । अघिल्लो दिन ८३ अंक बढेको बजार आज सामान्य अंक घटेको हो । आजको कारोबारपछि बजार परिसूचक नेप्से २७५७ अंकमा कायम भएको छ । सुरुवाती कारोबारका क्रममा बजार बढे पनि ११:५० बजेपछि केही तल झर्‍यो । कारोबार सुरु भएको...

राष्ट्रिय सभा उपाध्यक्ष लीला कुमारी भण्डारीले लिइन् शपथ

काठमाडौं । राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष लीला कुमारी भण्डारीले पदको शपथ लिएकी छन्। उपाध्यक्ष भण्डारीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले शपथ दिलाएका हुन् । भण्डारी सोमबार राष्ट्रिय...

चौथो एबीसी राष्ट्रिय एठ-ए साईड फोर्टी फाइभ प्लस भेट्रान फुटवलमा १२ टीम सहभागी हुने

पोखरा । अमरसिंह ब्वाइज क्लबको आयोजनामा हुने चौथो एबीसी राष्ट्रिय एठ ए साईड फोर्टी फाइभ प्लस भेट्रान्स फुटवल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आगामी चैत्रको २५ देखि २७ गते सम्म पोखराको रंगशालामा आयोजना हुने उक्त प्रतियोगितामा देशभरका १२ टीमको...

महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर ज्यान गयो

महोत्तरी । जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर ज्यान गएको छ । सो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.गुणाकर भट्ट नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । भट्टले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट केही समय अघि मात्रै अवकाश लिएका थिए ।

उपराष्ट्रपति यादव अस्पताल भर्ना

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भएका छन् । उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । अस्पतालका निर्देशक डा। रत्नमणि गजुरेलले प्रेसर (उच्चरक्तचाप) बढेकाले...

गृहमन्त्री गुरुङ रोशीखोला र बीपी राजमार्ग अनुगमनमा जाँदै

काभ्रेपलाञ्चोक । गृहमन्त्री सुदन गुरुङ बीपी राजमार्ग र रोशी खोलाको अवस्थाबारे जानकारी लिन स्थलगत निरीक्षणमा जाने भएका छन् । गृहमन्त्री गुरुङसहितको टिम आज काठमाडौंबाट काभ्रे प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । यसअघि बिहान ९ बजे उनी काभ्रे जाने भनिए...

निजी मिडियालाई सरकारी विज्ञापन नदिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

  काठमाडौं । निजी क्षेत्रका सञ्चारमाध्यमहरुलाई सरकारी विज्ञापन प्रदान नगर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटनिवेदन दायर भएको छ । नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुईंटेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका...

पोखरा २९ आदर्शचोकनजिक पार्किङमा राखेको गाडीमा आगजनी गर्ने युवक पक्राउ

पोखरा । पोखरा महानगरपालिका २९ आदर्श चोकस्थित जयराम बाबा विश्वकर्मा सप्लायर्स भित्र पार्किङ गरी राखेको गाडीमा आगजनी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । चैत २० गते राति १ बजे प्रदेश २–०३००१ च ५००० नम्बरको गाडीमा आगजनी गरेको भन्दै प्रहरीले पोखरा...