अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज (मंगलबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनासहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलर, युरोसहित कतिपय मुद्राको भाउ भने बढेको थियो ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ १९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ६२ र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा थियो ।

त्यसैगरी आज युरो १ को खरिददर १७३ रुपैयाँ १४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८३ पैसा छ । हिजो युरो १ को खरिददर १७२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ४३ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ १४ पैसा र बिक्रीदर २०० रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २०० रुपैयाँ १२ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०६ रुपैयाँ २७ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०५ पैसा थियो ।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ३९ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९० रुपैयाँ १४ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ०९ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ४०१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनार १ को खरिददर ३९९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ११ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • ९ असार २०८३, मंगलवार ०९:४६ प्रकाशित