प्रमुख समाचार


उखुको समर्थन मूल्य तोक्ने सरकारको तयारी

काठमाडौं । उखु किसानहरूलाई उचित मूल्य दिलाउने उद्देश्यसहित सरकारले यस वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य तोक्ने तयारी गरेको छ । यसका लागि कृषि विभागले उखुखेती धेरै हुने तराईका ११ वटा जिल्लाहरूमा स्थलगत अध्ययन सुरु गरिसकेको छ ।विभागको टोलीले सुनसरी,...

धुर्मुस–सुन्तलीले ‘म त मर्छु कि क्या हो’ हाँस्य सिरियल ल्याउँदै

चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकामै नयाँ हास्य सिरियल निर्माण गरेका छन् । अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको सिरियलको नाम ‘म त मर्छु कि क्या हो’ राखिएको छ। सिरियलका...

राष्ट्रिय सभा अध्यक्ष रअस्ट्रेलियाका राजदूतबीच शिष्टाचार भेट

  काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि अस्ट्रेलियन राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेट गरेका छन् । राजदूत साइमनले सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् ।   भेटमा...

कानुन संशोधन गरेर जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्न सांसदहरुको माग

प्रतिनिधिसभाका सदस्यहरुले विद्यमान कानुनी व्यवस्था संशोधन गरेर बलात्कार, यौनहिंसा र हत्याजस्ता जघन्य अपराधमा संलग्नमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् । सभाको आजको शून्य समयमा सांसदहरुले आगामी दिनमा त्यसखाले घटना हुन नदिन प्रभावकारी सुरक्षा...

सेयर बजारमा गिरावट

काठमाडौं। साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से परिसूचक १९.१३ अङ्कले घटेर २५९९.५८ विन्दुमा ओर्लिएको हो । सवा महिना अघि २६ सयभन्दा तल रहेको परिसूचक फेरि यो तहमा झरेको हो। बजार खुलेसँगै ओरालो लाग्न थालेको...

परराष्ट्रमन्त्री खनाल १४ भदौमा सर्बिया जादैं

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आगामी १४ भदौमा सर्बिया जाने भएका छन् । सर्बियाको राजधानी बेलग्रेडमा आयोजना हुने असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभा ९हाइलेभल कमेमोरेटिभ मिटिङ० मा सहभागी हुन उनी त्यसतर्फ जाने भएका हुन् । १५ र १६ भदौमा...

नागढुङ्गा सुरुङमार्ग आजबाट चार पाङ्ग्रे साना सवारीका लागि खुला

काठमाडौं । नागढुङ्गा सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि आंशिक खुला भएको छ । यसअघि आपतकालीन सेवाका सवारीलाई मात्र खुला गरी परीक्षण गर्दै आएकोमा आजदेखि चार पाङ्ग्रे साना सवारी (कार, जिप, भ्यान) का लागि खुला गरिएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले...

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले प्रसाईंको बन्दीप्रत्यीकरण रिटमा कारण माग गर्दै विपक्षीका नाममा सो आदेश दिएको...

कोशी प्रदेशमा कांग्रेसले विपक्षमा मत दिने, राप्रपा तटस्थ बस्ने

विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ । कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक...