सेयर बजारमा गिरावट

केन्द्रभाग मिडिया

stock

काठमाडौं।

साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से परिसूचक १९.१३ अङ्कले घटेर २५९९.५८ विन्दुमा ओर्लिएको हो । सवा महिना अघि २६ सयभन्दा तल रहेको परिसूचक फेरि यो तहमा झरेको हो।

बजार खुलेसँगै ओरालो लाग्न थालेको नेप्सेले अन्तिम समयसम्म पनि घट्ने क्रमलाई निरन्तरता दिँदै सो बराबरको गिरावट व्यहोरेको हो। आज कुल ३५० कम्पनीका ८५ लाख ७२ हजार ९७० कित्ता सेयर ३ अर्ब २३ करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ।

आजको बजारमा गिरावटको प्रभाव धेरै कम्पनीहरूमा देखिएको छ। कुल सूचीकृत कम्पनीमध्ये जम्मा ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने २२९ कम्पनीको मूल्यमा गिरावट आएको छ। २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

  • ८ भाद्र २०८३, सोमबार १५:५४ प्रकाशित