प्रमुख समाचार


अन्तिम दिन घट्यो सेयर बजार, ४ अर्ब २७ करोडको कारोबार

काठमाडौं । साताको कारोबारको अन्तिम कारोबार शुक्रबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । आज नेप्से परिसूचक ७.३७ अंकले घटेर २६४३.८३ विन्दुमा पुगेर बन्द भएको छ । आज बजारमा कुल ३४४ कम्पनीका ९७ लाख ५४ हजार ४०३ कित्ता सेयर...

जेनजी आन्दोलनमा संलग्न र पक्राउ परेकाको मुद्दा फिर्ताबारे अध्ययन गर्दै सरकार

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा संलग्न भएका र पक्राउ परेकाको मुद्दा फिर्ताबारे अध्ययन गरिरहेको छ । गृह मन्त्रालयका सचीव राजकुमार श्रेष्ठका अनुसार यो विषयमा छुट्टै समिति बनेर अध्ययन भइरहेको हो । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार...

आज सुन तोलामा ४६ सय रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४ हजार ६ सय रुपैयाँ घटेको हो । हिजो बिहीबार पनि सुन तोलामा ५ सय रुपैयाँ घटेको थियो । आज सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा...

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा । सुनछहरी गाउँपालिका २ फलबाङमा घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । आज बिहान ८: १० बजे स्थानीय वीरबहादुर घर्ती मगरको घर पहिरोले पुरिएको छ । पुरिएको घरमा वीरबहादुर घर्ती मगर, उनकी श्रीमती शनि घर्ती मगर र छिमेकी ललि घर्ती मगर राति बास बसेको...

बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते सोमबार विश्वासको मत लिने भएका छन्।मुख्यमन्त्री बानियाँले सोही दिन दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाउन हेटौँडास्थित संसद सचिवालयमा पत्राचार गरेका छन्। सरकारमा सहभागी...

नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको ज्यान गयो

काठमाडौं । नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना हुँदा कम्तीमा तीन जनाको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार रौतहटबाट बाबा वैद्यनाथ धाम र बासुकी नाथको दर्शन तथा पूजा गरेर फर्कने क्रममा झारखण्ड राज्यको कोडरमा जिल्लास्थित पोखरडीहा मोड नजिकै...

धवलशमशेरसँग कुरा नमिल्दा छुट्टै पार्टी खोल्ने दुर्गा प्रसाईँको तयारी

काठमाडौं । नेता धवलशमशेर राणाले राप्रपाबाट अलग भएर नयाँ पार्टी गठन गर्न लागेपछि मेडिकल व्यवसायी समेत रहेका दुर्गा प्रसाईँले पनि छिट्टै अर्को पार्टी गठन गर्ने जनाएका छन् । नेता राणा र प्रसाईँले एउटै पार्टी गठन गर्ने बताइए पनि अन्ततः उनीहरूबिच कुरा...

पत्रकार किशोर श्रेष्ठलाई सोमबार सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई सोमबार उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले बरामद सामग्रीसहित उपस्थित गराउन आदेश दिएको हो । पक्राउविरुद्ध उनकी श्रीमती सरस्वतीले बन्दी प्रत्यक्षीकरणको...

सुदूरपश्चिम मुख्यमन्त्रीमा नेकपाका खगराज भट्टको दाबी पेस

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्टले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँ समक्ष उनले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । मुख्यमन्त्रीबाट कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख...