नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना हुँदा कम्तीमा तीन जनाको ज्यान गएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार रौतहटबाट बाबा वैद्यनाथ धाम र बासुकी नाथको दर्शन तथा पूजा गरेर फर्कने क्रममा झारखण्ड राज्यको कोडरमा जिल्लास्थित पोखरडीहा मोड नजिकै बस दुर्घटना भएको हो । ट्रकसँग बस ठोक्किएर दुर्घटना भएको बताइएको छ ।

मृतक तीन जनामध्ये एक १२ वर्षीय बालक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अन्य दुई मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।

दुर्घटनामा करिब ५० जना घाइते रहेको र केहीको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

  • २९ श्रावण २०८३, शुक्रबार १२:१९ प्रकाशित