काठमाडौं ।
नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४ हजार ६ सय रुपैयाँ घटेको हो । हिजो बिहीबार पनि सुन तोलामा ५ सय रुपैयाँ घटेको थियो ।
आज सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ ।हिजो बिहीबार सुन तोलाको ३ लाख ६ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।
शुक्रबार चाँदीको भाउ पनि घटेको छ । बिहीबारको तुलनामा चाँदी प्रतितोला ९० रुपैयाँ घटेको महासंघले जनाएको छ ।बिहीबार प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा किनबेच भएको चाँदी शुक्रबार ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।











