प्रमुख समाचार


म्यानपावर व्यवसायी र सरकारबीच वार्ता, ४५ दिनभित्र माग सम्बोधन गर्ने सहमति

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी र सरकारबीच भएको वार्तामा सहमति जुटेको छ । व्यवसायीले अघि सारेका विभिन्न माग सम्बोधनका लागि युवा, श्रम तथा रोजगार मन्त्रालय सकारात्मक भएको छ । आज भएको वार्तापछि व्यवसायीहरूले अघि सारेका मागहरू ४५ दिनभित्रमा सम्बोधन...

किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । प्रहरीले श्रेष्ठलाई थुनामा राख्न म्याद थपका लागि सोमबार अदालत उपस्थित गराएको थियो । यसअघि सोही अदालतले उनलाई ३ दिन...

जनकवि दुर्गालाल श्रेष्ठको निधन

काठमाडौं । गीतकार तथा जनकवि दुर्गालाल श्रेष्ठको निधन भएको छ । ९३ वर्षका उनको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको साहित्यकार तथा चलचित्र समीक्षक प्रकाश सायमीले जानकारी दिए । केही समयदेखि बिरामी रहेका उनी पछिल्लो ६ दशकदेखि लगातार साहित्य...

कोशी सरकारमा नेकपा भित्रिँदै, आजै दिउँसो ३ बजे मन्त्रीहरूको शपथ

मोरङ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच साउन पहिलो साता भएको तीनबुँदे सहमति अनुसार आज कोशी प्रदेश सरकार विस्तार गरिँदैछ। सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम प्राप्त हुनासाथ सरकार विस्तार गर्ने तयारी मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका...

साकुरा होलिडेजले सुरु गऱ्यो पोखरा–काठमाडौं स्तरीय पर्यटक बस सेवा

पोखरा । देशको पर्यटकीय राजधानी सहर पोखराबाट संघीय राजधानी सहर काठमाडौं र काठमाडौंबाट पोखरा जोड्नेगरी पछिल्लो समय स्तरीय बस सेवा थप्ने क्रम निरन्तर चलिरहेको छ । यसैक्रममा लुम्बिनीबाट काठमाडौं स्तरीय बस सेवा दिइरहेको साकुरा होलिडेज प्रालिले आफ्नो सेवालाई...

अमेरिकी डलरको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलरको भाउ बढ्यो

पोखरा । आज (सोमबार) अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ स्थिर छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय विदेशी मुद्राको भाउ भने बढेको छ । हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी...

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गतको बैठक भदौ १ गते सोमबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार बैठक दिउँसो १ बजे बस्नेछ । भोलि बस्ने बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा...

भारतीय प्रधानसेनापति धिरज सेठ काठमाडौं आइपुगे

काठमाडौं । भारतीय प्रधान सेनापति जनरल धिरज सेठ काठमाडौँ आइपुगेका छन् । आइतबार अपराह्न ४ बजेर १५ मिनेटमा एयर इन्डियाको विमान मार्फत सेठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । प्रधानसेनापति सेठले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै...

जाजरकोट रिसाङका पहिरो पीडितलाई कर्णाली सरकारले पठायो राहत

जाजरकोट। कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका बाढीपहिरो पीडितका लागि राहत सामग्री पठाएको छ। प्रदेश सचिव लक्ष्मी विकका अनुसार जिल्ला प्रशासन कार्यालय जाजरकोटको मागअनुसार १५० थान त्रिपाल, १८५ थान ब्ल्याङ्केट, ५० किलो चिउरा, चार क्विन्टल...