काठमाडौं ।
साताको कारोबारको अन्तिम कारोबार शुक्रबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । आज नेप्से परिसूचक ७.३७ अंकले घटेर २६४३.८३ विन्दुमा पुगेर बन्द भएको छ ।
आज बजारमा कुल ३४४ कम्पनीका ९७ लाख ५४ हजार ४०३ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट कुल ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार ४०२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको मूल्यमा गिरावट आएको छ । १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।











