अपराध


चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको आग्रह

कास्की । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाड पर्वका अवसरमा हुन सक्ने चोरी, ठगी, लुटपाट र अन्य आपराधिक गतिविधिबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ ।‘सभ्य बनौँ, सुरक्षित रहौँ, हर्षोल्लासका साथ चाडपर्व मनाऔँ’ भन्ने सन्देशसहित प्रहरीले...

पोखरामा मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ

पोखरा । कास्की प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१६ सीतापाइलाबाट हराएको मोटरसाइकलसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असोज ३० गते राति करिब १० बजे...

सांसद खगेन्द्र सुनारले पार्टीलाई पठाए लिखित जवाफ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीलाई लिखित जवाफ पठाएका छन् । विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै उनले पार्टीलाई लिखित जवाफ पठाएका हुन् । एक महिलासँग सांसद सुनारले आपत्तिजनक लाञ्छना...

स्याङ्जाको फेदीखोलामा १३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका–२ खड्केटारीबाट प्रहरीले १३० लिटर घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ । जिल्लामा अवैध घरेलु मदिराको उत्पादन तथा बिक्रीवितरण नियन्त्रण गर्ने उद्देश्यले खटिएको प्रहरी टोलीले...

राइफलका दुई थान गोली र लागूऔषधसहित २३ वर्षीय युवक पक्राउ

पोखरा । कास्की प्रहरीले राइफलका दुई राउण्ड गोली तथा लागूऔषधसहित पोखरा–३, नदीपुरबाट एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार २१ असोजको साँझ करिब ५ः३० बजे नदीपुर क्षेत्रमा...

पोखरामा पर्यटकलाई दुःख दिने पाँच जना प्रहरी नियन्त्रणमा

पोखरा । पोखरामा सर्वसाधारण तथा पर्यटकलाई सस्तोमा होटल मिलाइदिने प्रलोभन देखाउँदै झोला तान्ने, करकाप गर्ने र दुःख हैरानी दिने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी टोलीले असोज १७ र १८ गते पोखरा...

कास्की प्रहरीको ‘अपरेसन ३६५’, थप ११ मोटरसाइकल नियन्त्रणमा

पोखरा । स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने मोटरसाइकलविरुद्ध कास्की प्रहरीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले १६ असोजको राति पोखरा...

स्याङ्जाको चापाकोटमा नहरमा डुबेर ८२ वर्षीय वृद्धको ज्यान गुम्यो

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–८ माडीस्थित ज्याग्दी खोलाको सिँचाइ शाखा नहरमा डुबेर एक वृद्धको ज्यान गुमेको छ । ज्यान गुमाउनेमा चापाकोट नगरपालिका–८ माडी निवासी ८२ वर्षीय यमबहादुर महत क्षेत्री रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी...

नेपाली विद्यार्थीको मृत्यु प्रकरण : जापानमा तीन नेपाली पक्राउ

फुकुओका । जापानको फुकुओका सहरमा २५ वर्षीया नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको ज्यान गएको घटनामा तीन नेपाली नागरिक पक्राउ परेका छन् । जापानी प्रहरीले मंगलबार २८ वर्षीय सञ्जु तामाङ, २५ वर्षीया असुमिता तामाङ र २२ वर्षीय प्रविन लामालाई लक्ष्मीको हत्या...