सुरुङ खनेर भागेका ८ मध्ये दुई कैदीबन्दी पक्राउ

केन्द्रभाग मिडिया

सुर्खेत ।

शुक्रबार राति डोल्पा जिल्ला कारागारमा सुरुङ खनेर भागेका ८ जना कैदीबन्दीमध्ये दुई जनालाई प्रहरीले पुनः पक्राउ गर्न सफल भएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी सन्तोषसिंह राठौरका अनुसार, जबर्जस्ती करणी मुद्दाका कैदी रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० घर भएका ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ घर भएका २८ वर्षीय रेशम राना रहेका छन् ।

दुई जनालाई मंगलबार बिहान साढे १० बजेतिर आठबिसकोट नगरपालिका–६ दामाचौरस्थितको। खोली बगरबाटदेखि वडा नम्बर ९ राडीतर्फ आउँदै गरेको क।प्र। ०२–००१ च ०८३१ नम्बरको डबल क्याब बोलेरो जिप पक्राउ गरिएको हो ।

चौरजहारी बेस क्याम्प रुकुम पश्चिम र प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा ५ जनाको प्रहरी टोली कैदीबन्दीहरूको खोजतलासका लागि खटिएको थियो ।

अन्य कैदीबन्दीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

  • १७ कार्तिक २०८३, मंगलवार १३:१६ प्रकाशित