रूपा रत्न सम्मानबाट पत्रकार पगेनी सम्मानित

केन्द्रभाग मिडिया

oplus_0

 

पोखरा ।
पत्रकार  सरिता तिम्सिना पगेनी  रुपा रत्न सम्मानबाट सम्मानित भएकी छन्।  मंगलबार कास्कीको रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा  पत्रकार पगेनीलाई दोसल्ला र ताम्रापत्रसहित रुपा रत्न सम्मान २०८१ बाट सम्मानित गरेको हो ।

पत्रकारिता मार्फत रूपा र राष्ट्रलाई दिएको महत्वपूर्ण योगदान स्वरूप पगेनीलाई  सम्मान गरिएको रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले जानकारी दिए ।

रुपा रत्न सम्मान २०८१ बाट सम्मानित   पगेनी नेपाल पत्रकार महासंघको निर्वतमान केन्द्रीय सदस्य र अधिवक्ता समेत हुन् ।

पोखरा पोष्ट डटकमका संचालकर सम्पादक पगेनी पत्रकारिताका साथै विभिन्न सामाजिक संघसंस्थावाट सम्मानित भइसकेकी छन् ।

  • २७ फाल्गुन २०८१, मंगलवार २०:५५ प्रकाशित