पोखरा ।
आज मङ्गलबार अमेरिकी डलर, युरोपियन युरो र यूके पाउन्ड स्टर्लिङ लगायत अधिकांश मुद्राको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५९ पैसा छ भने बिक्रीदर १५२ रुपैयाँ १९ पैसा छ । शनिबारदेखि सोमबारसम्म अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५२ रुपैयाँ २४ पैसा थियो ।
शुक्रबार भने अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा थियो।
आज युरोपियन युरो १ को खरिददर १६९ रुपैयाँ ९० पैसा छ भने बिक्रीदर १७० रुपैयाँ ५७ पैसा तोकिएको छ ।
आज यूके पाउन्ड स्टर्लिङ १ को खरिददर २०२ रुपैयाँ २ पैसा र बिक्रीदर २०२ रुपैयाँ ८२ पैसा कायम छ । सोमबार खरिददर २०२ रुपैयाँ १२ पैसा र बिक्रीदर २०२ रुपैयाँ ९२ पैसा थियो।
आज क्यानेडियन डलर १ को खरिददर १०७ रुपैयाँ ५५ पैसा र खरिददर १०७ रुपैयाँ ९८ पैसा छ । सोमबार खरिददर १०७ रुपैयाँ २५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६७ पैसा थियो भने आइतबार खरिददर १०७ रुपैयाँ १२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५५ पैसा थियो ।
आज सिंगापुर डलर १ को खरिददर ११८ रुपैयाँ ४६ पैसा र खरिददर ११८ रुपैयाँ ९३ पैसा तोकिएको छ ।सोमबार खरिददर ११८ रुपैयाँ ५० पैसा र बिक्रीदर ११८ रुपैयाँ ९७ पैसा थियो ।
राष्ट्र बैंकले जापानी येन १० को खरिददर ९ रुपैयाँ ५८ पैसा र खरिददर ९ रुपैयाँ ६२ पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ६९ पैसा र खरिददर २२ रुपैयाँ ७८ पैसा निर्धारण गरेको छ ।
साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ ४१ पैसा र खरिददर ४० रुपैयाँ ५७ पैसा कायम गरिएको छ। सोमबार पनि यसको मूल्य यही थियो।
यस्तै आज कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ६२ पैसा र खरिददर ४१ रुपैयाँ ७८ पैसा छ भने यूएई दिराम १ को खरिददर ४१ रुपैयाँ २९ पैसा तथा खरिददर ४१ रुपैयाँ ४५ पैसा तोकिएको छ ।
यस्तै मलेसियन रिङ्गेट आज १ को खरिददर ३७ रुपैयाँ १५ पैसा र खरिददर ३७ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।













