पोखरा ।
पत्रकार सरिता तिम्सिना पगेनी रुपा रत्न सम्मानबाट सम्मानित भएकी छन्। मंगलबार कास्कीको रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा पत्रकार पगेनीलाई दोसल्ला र ताम्रापत्रसहित रुपा रत्न सम्मान २०८१ बाट सम्मानित गरेको हो ।
पत्रकारिता मार्फत रूपा र राष्ट्रलाई दिएको महत्वपूर्ण योगदान स्वरूप पगेनीलाई सम्मान गरिएको रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले जानकारी दिए ।
रुपा रत्न सम्मान २०८१ बाट सम्मानित पगेनी नेपाल पत्रकार महासंघको निर्वतमान केन्द्रीय सदस्य र अधिवक्ता समेत हुन् ।
पोखरा पोष्ट डटकमका संचालकर सम्पादक पगेनी पत्रकारिताका साथै विभिन्न सामाजिक संघसंस्थावाट सम्मानित भइसकेकी छन् ।













