विश्वकप लिग-२ नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो अन्तिम खेलमा ओमानलाई २८१ रनको लक्ष्य दिएको छ ।

ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट भएको नेपालले देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा १८१ रन जोडेको हो ।

रोहितले ८१ बलमा २ चौका र २ छक्कासहित ८० रन बनाए । दीपेन्द्रले ६२ बलमा ३ चौका र ४ छक्कासहित ६९ रन बनाए । ओपनिङ गरेका देवले ६५ बलमा ४ चौका र १ छक्कासअित ५७ रन बनाए ।

९९ रनमा ३ विकेट गुमेको अवस्थामा रोहित र दीपेन्द्र मिलेर १३९ रनको साझेदारी गरेका थिए । त्यसपछि नेपाल २३८(३ को अवस्थाबाट २८० रनमा अलआउट भएको हो ।

नेपालको फिनिसिङ सोचेजस्तो बलियो भने हुन सकेन । यद्यपी अन्त्यतिर बसिर अहमदले ७ बलमा २ चौका र १ छक्कासहित १७ रन बनाए ।

ओमानका लागि शाह फेसलले ८ ओभरमा ५७ रन दिएर ५ विकेट लिए । जय ओडेराले ३ तथा समय श्रीवास्तवले २ विकेट लिए ।

लिग २ को अंकतालिकामा शीर्ष ६ मा अटाउनका लागि नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ ।

सुरुवाती दुई खेलमा क्यानडा र ओमानलाई पराजित गरेको नेपाल त्यसपछि शनिबार क्यानडासँग पराजित भएको थियो ।

नेपाललाई हराएपछि क्यानडा ३६ खेलमा २९ अंकका साथ छैटौंमा उक्लँदा ३५ खेलमा २८ अंक भएको नेपाल सातौंमा झरेको थियो । अब नेपालले ओमानलाई हराए फेरि छैटौं स्थानमा उक्लिनेछ ।

लिग २ को शीर्ष ६ मा पर्ने टोलीहरूको ओडीआई मान्यता जोगिने उच्च सम्भावना भएकाले शीर्ष ६ मा अटाउने कुरालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

  • २ कार्तिक २०८३, सोमबार १५:५४ प्रकाशित