आजको मौसमः बढ्दै चिसो, यी स्थानमा हिमपातको सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौं ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही तराईका थोरै भूभागमा हुस्सु-कुहिरो लागेको छ।

बुधबार देशको पहाडी भू–भागमा आंशिक बदली रही प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

बिहीबार पनि देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यस्तै शुक्रबार पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

तराईका भू–भागहरूमा बिहानको समयमा हुस्सुरकुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ । चिसोको कारण स्वास्थ्यमा समस्या देखा पर्न सक्ने भन्दै महाशाखाले आवश्यक सर्तकर्ता अपनाउन आग्रह गरेको छ ।

  • ७ पुष २०७८, बुधबार ०९:२० प्रकाशित