पूर्वडीआईजी छविलाल जोशीलाई अस्पताल बस्ने सुविधा

केन्द्रभाग मिडिया

पोखरा।

सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई हिरासतबाट अस्पतालमा सारिएको छ । कास्कीका एसपी श्यामबाबु ओलियाले जोशीलाई हिरासत छलेर अस्पतालमा बस्ने सुविधा दिएका हुन् ।

असोज ६ मा काठमाडौँबाट पक्राउ परेका जोशी यसअघि हिरासतमा थिए । तर, कास्कीको प्रमुखको रूपमा सरुवा भएर असोज १४ मा हाजिर भएपछि प्रहरी उपरीक्षक ओलियाले उनलाई अस्पताल बस्ने सुविधा दिएका हुन् । जोशीलाई अहिले पोखरास्थित फिस्टेल अस्पतालमा राखिएको छ ।

यसअघि बिसन्चो भएको भन्दै जोशीले अस्पताल बस्ने प्रयास गरेका थिए । तर, तत्कालीन एसपी मोहन थापाले उनलाई अस्पताल बस्ने अनुमति दिएनन् । त्यसबेला स्वास्थ्य परीक्षण गराउँदा उनलाई निमोनिया देखिएको थियो । तर, अहिले निमोनिया मुक्त भएपछि पनि उनलाई अस्पताल राखिएको छ ।

  • ४ कार्तिक २०८१, आईतवार १५:०९ प्रकाशित