पोखरा ।
पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । यसअघि ३ जनाको ज्यान गएको चिकित्सकले घोषणा गरेकोमा थप २ जना बालिकाको ज्यान गएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।
उनका अनुसार ज्यान गुमाउनेमा ४ जना विद्यार्थी र एक जना स्थानीय रहेका कास्की प्रहरी प्रमुख कार्कीले बताए । १४ जनाको उपचार जारी छ । ज्यान गुमाएकाहरुको पहिचान भएको छैन । उद्धार सकिएपछि मात्रै पहिचानको काममा लाग्ने उनले बताए । पोखरा २८ माझठानाबाट कालिका आउँदै गरेको स्कुल बस दुर्घटना भएको हो ।
दुर्घटनाग्रस्त बसमा २५ जना रहेको बताइएको छ । तीमध्ये २१ जना विद्यार्थी हुन् । उनीहरू परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाँदै थिए । सबैजना १० कक्षाका विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।













