रविविरुद्धको फाइल न्यायाधीश नवराज दाहालको इजलासमा पेश गरिने

केन्द्रभाग मिडिया

पोखरा ।
सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय सभापति रवि लामिछानेलाई न्यायाधीश नवराज दाहालको इजलासमा पेश गरिने भएको छ । जिल्ला अदालत कास्कीले आइतबारका लागि म्यादसम्बन्धी फाइलहरु हेर्नका लागि न्यायाधीश दाहाललाई जिम्मेवारी तोकेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

दाहाल कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश हुन् । शुक्रबार काठमाडौंमा पक्राउ परेका लामिछानेलाई सोही दिन राति नै पोखरा ल्याइएको हो । उनलाई केहीबेरमा अदालतमा उपस्थित गराइँदैछ । शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालत उपस्थित गराउन लागिएको हो ।

  • ४ कार्तिक २०८१, आईतवार १३:१९ प्रकाशित