चितवनको रत्ननगर टाँडीमा थुनुवा मृत अवस्थामा फेला

केन्द्रभाग मिडिया

चितवन ।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा थुनामा रहेका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । आपराधिक लाभ कसुर मुद्दामा यही कात्तिक १ गते पक्राउ परेका रत्ननगर नगरपालिका–१३ का ४५ वर्षिय महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् ।

आज बिहान ४ः४५ वजे बाथरुमको ढोका छेउमा घोप्टो परेको अवस्थामा भेटिएका उनलाई भरतपुर अस्पतालले मृत घोषणा गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार क्यामोदिनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

  • ३ कार्तिक २०८१, शनिबार ०९:५४ प्रकाशित