पोखराको ड्यामसाइड स्थित होटलमा तास खेलिरहेका तीन पुरुष र तीन महिला पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको ड्यामसाइडमा रहेको होटल सान्डी ब्लुममा जुवातास खेलिरहेको अवस्थामा तीन पुरुष र तीन महिला गरी ६जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले गत असोज २८ गते जुवातास खेलिरहेको अवस्थामा ६ जनालाइ नगद १ लाख ८८ हजार ४ सय २६ र २ सय ७ पत्ती तास सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा होटलको रेखदेख गर्ने जिम्मेवार प्राप्त ब्याक्ति स्याङजा गल्याङ नगरपालिका ४ स्थायी घर भइ पोखरा १७ बस्ने ३८ वर्षिय नविन थापा, स्याङजा पुतलीबजार ७ स्थाष्ी बतन भइ पोखरा १० बस्ने ४० वर्षिय भेष बहादुर गुरुङ, पोखरा १२ बस्ने शंकर थापा, पोखरा १७ बस्ने ५३ वर्षिय शाबित्री गुरुङ, माछापुच्छ्रे गाउँपालिका २ घर भइ पोखरा ७ बस्ने ३९ वर्षिय दुर्गा गुरुङ र पोखरा १७ बस्ने ४९ वर्षिय आइती गुरुङ रहेको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ परेका हरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिनको म्याद थप गरी जुवा सम्बन्धी मुद्धामा अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

 

  • १ कार्तिक २०८१, बिहीबार १२:४६ प्रकाशित