काठमाडौं ।
पराराष्ट्र मन्त्री डा. आरजु राणाले भारतीय समकक्षी एस जयशंकरसंगदुई देशको हित, आपसी सहयोग र सम्बन्ध सुधारबारे छलफल भएको जानकारी दिएकी छन् । भारत भ्रमणमा रहेकी मन्त्री राणाले भारतीय विदेश मन्त्री जयशंकरलाई भेटेपछि सामाजिक सञ्जाल मार्फत् यस्तो जानकारी दिएकी हुन ्।
‘भारतीय विदेशमन्त्री श्री एस. जयशंकरसँग आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो । यस भ्रमणबाट सदियौं पुरानो नेपाल–भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा मैले गरेको छु’, फेसबुकमा लेखेकी छन् ।
परराष्ट्रमन्त्री राणाले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम छ । भारतका लागि नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाका अनुसार दुई मन्त्रीहरुका बीच दुई पक्षीय सम्बन्धमा सबै पाटाहरुका विषयमा छलफल भएको थियो । भेटमा भारतका तर्फबाट विदेश सचिव विक्रम मिश्री, नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव, भारतका उत्तर हेर्ने सहसचिव अनुराग श्रीवास्तवलगायत सहभागी थिए ।