काठमाडौं ।
अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेशको हाइ पर्फर्मेन्स टोलीसँग खेल्दै छ ।
अष्ट्रेलियाको डार्विनस्थित मारारा ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।
नेपाल यसपटक नेपाल ‘ए’ टोलीका साथ मैदानमा उत्रिएको छ । जसको कप्तान अनिल शाह छन् । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ८ विकेटले पराजित भएको थियो ।
नेपालले तेस्रो खेल अगस्ट २४ मा होबर्ट हुरिकान्स, चौथो खेल अगस्ट २६ मा एसिटी कोमेट्स, पाँचौँ खेल अगस्ट २७ मा किङ्सम्यान । अन्तिम खेल अगस्ट २९ मा भिक्टोरियाविरुद्ध खेल्ने तालिका छ ।











