काठमाडौं ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदमा मनोनयन दर्ता गराएका छन् ।
शनिबार राष्ट्रिय सभा गृहमा आफै उपस्थित भएर सिंहले सभापतिमा उम्मेदवारी दिएका हुन् । सिंहको तर्फबाट सुजाता कोइरालाले उप–सभापतिमा उम्मेदवारी दिएकी छिन् ।
सिंह गएको केही समयपछि महामन्त्री पदमा मनोनयन दर्ता गराउन विश्वप्रकाश शर्मा पनि पुगेका थिए ।
शर्माले सिंहको प्यानलमा रहेको बताएका छन् ।