पोखरा रंगशाला अवलोकन गर्दै मन्त्री बरालले भने, ‘सरकारको थोरै पुँजी सदुपयोग गर्न सहयोग गर्नुहोस’

केन्द्रभाग मिडिया

पोखरा।

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा रंगशाला अवलोकन गरेका छन् । पोखरामा जारी आइटिएफ टेनिस टुर जे ५ खेल अवलोकन गर्न टेनिस कोर्ट पुगेका मन्त्री बरालले शुक्रबार पोखरा रंगशालाको अवलोकन गरेका थिए ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी उक्त प्रतियोगिता अन्र्तगत सेमीफाइनल खेल अवलोकन पश्चात मन्त्री बरालले टेनिस कोर्ट, निमार्णधिन प्रदेश खेलकुद परिषदको भवन, पोखरा फुटवल मैदानको अवलोकन तथा भ्रमण गरेका हन् ।

मन्त्री बराल समक्ष प्रदेश खेलकुद परिषदका सदस्य सचिब तेज बहादुर गुरुङ, कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङ, नेपाल टेनिस संघका केन्द्रिय उपाध्यक्ष बिनोद कायस्थ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानिया, पर्यटन व्यवसायी गोपी बहादुर भट्टराई लगायतले रंगशालामा विभिन्न खेलकुद गतिविधि संचालन गर्न आवश्यक पूर्वाधार निर्माण गर्न पहल गर्न आग्रह गरे ।

गण्डकी प्रदेश सरकारले पर्यटनलाई विकासको पहिलो आधार बनाएको बताउदै मन्त्री बरालले यस्ता खेल गतिविधिले यस क्षेत्रको खेल पर्यटनको प्रबद्र्धन हुने विश्वास व्यक्त गरे । निजी क्षेत्र विना खेल र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न नसकिने बताउदै मन्त्री बरालले सरकारको थोरै पुँजी उचित ढंगले सदुपयोग गरी निजीले सहयोग गर्नुपर्ने बताए ।

  • २४ मंसिर २०७८, शुक्रबार १६:२६ प्रकाशित