ओमिक्रोनको नयाँ रुप भेटियो, अब पीसीआरबाट पत्ता लगाउन कठिन

केन्द्रभाग मिडिया

एजेन्सी । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको नयाँ रुप भेटिएको छ । दक्षिण अफ्रिका, क्यानडा र अष्ट्रेलियामा ओमिक्रोनको नयाँ रुप भेटिएको हो ।

पीसीआर परिक्षण गर्दा ओमिक्रोनमा एस जीन म्युटेसन देखिन्थ्यो । तर नयाँ रुपमा पीसीआर परिक्षण गर्दा एस जीनको म्युटेसन नदेखिएको विज्ञहरुले बताएका छन् ।।

एस जीन परिक्षणबाट ओमिक्रोन भाइरस पत्ता लाग्दै आएको थियो । ओमिक्रोनमा एस जीन देखिन छाडे पछि ओमिक्रोन हो /होइन भन्ने पत्ता लगाउन कठिन भएको वैज्ञानिकहरुले बताएका छन् ।

यसले ओमिक्रोनका धेरै रुपहरु भएको पुष्टी गर्ने वैज्ञानिकहरुको दावी छ । अब पीसीआर परिक्षणबाट ओमिक्रोन भाइरस पत्ता लगाउन कठिन हुने भएको छ ।तर डराइहाल्न पर्ने स्थिती नरहेको भन्दै स्वास्थ्य सर्तकता भने अपनाउन विज्ञहरुले आग्रह गरेका छन् ।

  • २४ मंसिर २०७८, शुक्रबार ०९:०० प्रकाशित