समूहमा साझा उम्मेदवारको प्रयास भइरहदा शेखरले सभापतिका लागि प्रचार थाले

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४औं महाधिवेशनमा संस्थापन इतरबाट सभापतिको साझा उम्मेदवार तया गर्ने प्रयास जारी छ ।

साझा उम्मेदवार तय गर्ने प्रयास भइरहदा शेखर कोइरालाले सभापतिका लागि प्रचार थालेका छन् । कोइराला विहीबार सामाजिक सञ्जालमा ‘एकपटक, यसैपटक’ भन्दै प्रचार अभियान सार्वजनिक गरेका छन् ।

संस्थापनइतर समूहमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर सभापतिका आकांक्षी छन् । साझा उम्मेदवार तय गर्ने विषयमा पटकपटक बसिरहेको उनीहरूको बैठकले अहिलेसम्म निकास निस्केको छैन ।

प्रकाशमानले सभापतिमा आफ्नो दाबेदारी कायमै रहेको बताएका छन् । शेखरले पनि सभापतिको प्रचार थालेका हुन् ।

  • २३ मंसिर २०७८, बिहीबार १७:०३ प्रकाशित