कांग्रेस बैठकमा महाधिवेशनसम्बन्धी यी तीन प्रतिवेदन पारित भए

केन्द्रभाग मिडिया

काठमाडौं । महाधिवेशनको अघिल्लो दिन बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले तीन प्रतिवेदन पारित गरेको छ । १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ ।

सानेपास्थित पार्टी मुख्यालयमा बसेको वर्तमान कार्यसमितिको अन्तिम बैठकले महाधिवेशनसम्बन्धी तीन प्रतिवेदन पारित गरेको हो ।कोषाध्यक्षका तर्फबाट लेखासम्बन्धी प्रतिवेदन पेस भएर पारित भएको छ ।

प्रतिवेदनअनुसार कांग्रेससँग हालसम्म १० करोडभन्दा बढी रकम कोषमा संचित रहेको उल्लेख गरिएको बताइएको छ । नीति अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन पेस भएर पारित भएको छ।

  • २३ मंसिर २०७८, बिहीबार १५:०६ प्रकाशित