इशानेश्वर करापुटार पोखरा सम्पर्क समाजमा बलराम घिमिरे

केन्द्रभाग मिडिया

पोखरा ।

इशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको अध्यक्षमा बलराम घिमिरेको चयन भएका छन् । शनिबार सम्पन्न समाजको सार्तौं साधारणसभाले घिमिरेको अध्यक्षतामा ३ सदस्यीय पछि थप्नेगरि १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा प्रकाश चन्द्र्र घिमिरे, द्धितिय उपाध्यक्षमा पार्वती पोखरेल चयन हुनुभएको छ । यस्तै नयाँ समितिको सचिवमा निर्मल सोती सहसचिवमा प्रल्हाद चन्द्र घिमिरे, कोषाध्यक्षमा नवराज घिमिरे, सहकोषाध्यक्षमा कविता घिमिरे चयन भएका छन् ।

समितिको सदस्यहरुमा काशिनाथ घिमिरे, विमला सोती, पदमचन्द्र सापकोटा, किरण बाबु घिमिरे र प्रदिप घिमिरे छन् ।  यस्तै नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले निवर्तमान अध्यक्ष छविलाल सुवेदीको संयोजकत्वमा सल्लाहाकार समिति चयन गरेको छ ।

उक्त समितिमा संस्थापक अध्यक्ष ऋषिकेशव सुवेदी, त्रिलोचन घिमिरे, विन्दुराज घिमिरे, गजराज घिमिरे, मेदिनी घिमिरे र अप्सरा घिमिरे चयन भएका छन् ।

  • १८ मंसिर २०७८, शनिबार १९:२६ प्रकाशित