गण्डकी प्रदेश समिति सभापतिमा उम्मेदवारी दिने कांग्रेस नेता शुक्रराज शर्माको धोषणा

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कंग्रेसका नेता शुक्रराज शर्माले गण्डकी प्रदेश समितिमा सभापति पदको उम्मेदवारी सार्वजनिक गरेका छन् । शर्माले आइतबार आफु निकट नेता मार्फत सामाजिक संजालमा उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

प्रजातान्त्रिक संस्कार विना मुलुकलाई एउटै सुत्रमा आवद्ध गर्न सकिन्न भन्ने उद्योषका साथ उनले प्रदेश सभापति पदमा उम्मेदवारी सार्वजनिक गरेका हुन् । उनले सोमबार पत्रकार भेटघाट कार्यक्रम मार्फत औपचारीक रुपमा उम्मेदवारी सार्वजनिक गदैँछन् ।

पार्टीको आमन्त्रीत केन्द्रीय सदस्य भइसकेका शर्मा पूर्व सांसद पनि हुन् । शर्माले कास्की कांग्रेसको १५ वर्ष नेतृत्व सम्हालेका थिए । शर्मा बरिष्ठ नेता रामचनद्र पौडेल निकट मानिन्छन् ।

  • १२ मंसिर २०७८, आईतवार १६:५३ प्रकाशित