कपिलवस्तुमा बस दुर्घटना: १० जनाको घटनास्थलमै ज्यान गयो, ३० घाइते

केन्द्रभाग मिडिया

कपिलवस्तु ।

कपिलवस्तुमा बस दुर्घटना हुदाँ १० जनाको ज्यान गएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना भएको हो । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान २ बजेतिर सडकबाट दुई सय मिटर तल खसेको थियो ।

दुर्घटनामा १० जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतकको विवरण आइसकेको छैन । कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ ।

  • ३ फाल्गुन २०८०, बिहीबार ०८:३९ प्रकाशित