काठमाडौं ।
परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा परराष्ट्रमन्त्री खनालले नेपाल–भारतबिचको घनिष्ठ सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरे ।
उक्त अवसरमा नेपाल र भारतबिचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने तथा दुई देशबिच रहिआएको ऐतिहासिक मित्रतापूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा मन्त्री खनाल र सचिव मिस्रीबिच छलफल भएको थियो।
साथै, परराष्ट्रमन्त्री खनाल र विदेश सचिव मिस्रीले दुई मुलुकबिचको ऊर्जा, उड्डयन, व्यापार, खेलकुद, शिक्षा लगायतका विविध विषयमा पनि छलफल गरे ।
दुई देशबिचको आपसी सम्बन्ध र सहकार्यका विविध पक्षमा पनि कुराकानी भएको थियो ।













