क्यानडामा दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको ज्यान गयो

केन्द्रभाग मिडिया

क्यानडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुकी युवती रहेको अन्टारियो प्रोभिन्सियल पुलिसले जनाएको बताइएको छ । स्थानीय प्रहरीले गोपनीयताका कारण उनीहरूको नाम सार्वजनिक नगरेको जनाइएको छ । उनीहरू लण्डनस्थित फेन्सअ अलेजमा अध्ययनरत विद्यार्थी रहेको जनाइएको छ ।

लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा तीनवटा कारहरू दुर्घटनामा पर्दा उनीहरुको ज्यान गएको हो । त्यहाँ रहेका नेपालीले दुर्घटनामा पर्नेहरू उच्च शिक्षा अध्ययन गर्न पुगेका नेपालीहरू रहेको उल्लेख गरेका छन् । घटनामा १० जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

ज्यान गुमाउने दुई नेपाली विद्यार्थी बिहानीको ड्युटी गर्नका लागि उज्यालो नहुँदै कारमा कार्यस्थलतर्फ गइरहेका बेला दुर्घटना भएको बताइएको छ ।

  • २ फाल्गुन २०८०, बुधबार ११:०६ प्रकाशित