फेकोफन २० को अध्यक्षमा रेशम खत्री

केन्द्रभाग मिडिया

पोखरा ।

सामुदायिक वन उपभोक्ता महासंघ पोखरा महानगर वडा नं. २० को अध्यक्षमा रेशम खत्री चयन भएका छन् । वन समुहको भेलाले उनलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । भेलाले उपाध्यक्षमा लक्ष्मी परियार, सचिव पवित्रा परियार, मुक्तिनाथ अधिकारी र सदस्यमा काशिराम गुरुङ, तुलसी तिमिल्सिना, धनबहादुर गुरुङलाई चयन गरेको छ ।

पोखरा महानगरपालिका वडा नं. २० का वडाअध्यक्ष गंगाबहादुर खत्रीले भेलाको उद्घाटन गर्दै स्थानीय सरकार र वन समुह बीच सुमधुर सम्वन्ध कायम गर्दै प्राकृति श्रोतको भरपुर उपयोग गर्नुपर्नेमा जोड दिए ।वन महासंघ वडालाई व्यवस्थित र चलायमान वनाउन आफ्नो तर्पmबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले कार्यालय स्थापनाका लागि आवश्यक कोठाको समेत व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश सदस्यव्दय दिनेश श्रेष्ठ र जितवहादुर वस्नेतले प्राकृतिक श्रोतलाई जनताको जिविकोपार्जनसंग जोड्नु पर्ने आवश्यकता औल्याए । फेकोफन पोखरा महानगरका अध्यक्ष कमल भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिव पार्वती सुवेदी, सदस्य विष्णु आचार्य लगायतले वनको महत्व माथि प्रकाश पार्दै स्वदेशी काठ उपयोग गर्नेखालको नीतिको खाँचो औल्याएका थिए ।

  • २९ माघ २०८०, सोमबार २१:५६ प्रकाशित