ललितपुरको इमाडोलमा आमा र दुई नाबालक मृत भेटिए

केन्द्रभाग मिडिया

काठमाडौँ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलस्थित ओचुहाइटमा बस्ने आमा र उनका दुईजना बच्चाको मृत्यु भएको छ ।

ओचुहाइटमा बस्ने रविना महर्जन घरको तिन तलाबाट हाम्फालेपछि प्रहरीले उद्धार गरेको थियो । तर, उपचारको क्रममा उनको किष्ट अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

रविनालाई उद्धार गर्न जाँदा उनका ६ वर्षीय छोरा अश्वेत महर्जन र दुई वर्षीया छोरी अचेत अवस्थामा भेटिएका थिए । उनीहरुलाई पनि उद्धार गरेर अस्पताल लगिएकोमा उपचारको क्रममा दुई नाबालकको किष्ट अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

  • २८ माघ २०८०, आईतवार ०९:४२ प्रकाशित