कास्की जिल्ला वार एसोसिएसनको अध्यक्षमा पहारी निर्वाचित

केन्द्रभाग मिडिया

पोखरा ।
कास्की जिल्ला वार एसोसिएसनको अध्यक्षमा भगवती पहारी निर्वाचित भएकी छन् । शुक्रबार सम्पन्न भएको निर्वाचनबाट पहारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

जिल्ला वार एसोसिएसनको उपाध्यक्षमा गिता आचार्य, सचिवमा कृष्ण कुमार श्रेष्ठ, सहसचिवमा प्रिति पाण्डे र कोषाध्यक्षमा विनाका शर्मा निर्वाचित भएका छन् ।

सदस्यमा शंकर सैंजु, इश्वर परियार, अनुप पौडेल, गणेश बहादुर आले, प्रदिप कुमार राना, पुरुषोतमराज घिमिरे, हेमराज अधिकारी र शान्ति कुमारी ढुंगाना चयन भएका छन् ।

निर्वाचित मध्ये उपाध्यक्ष आचार्य र सहसचिव पाण्डे निर्विरोध भएका हुन् ।

  • २७ माघ २०८०, शनिबार ०८:०० प्रकाशित