मौसम पूर्वानुमान : तीन वटा प्रदेशका उच्च भेगमा हिउँ पर्ने

केन्द्रभाग मिडिया

पोखरा ।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
राति देशका पहाडी भू-भागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावनाछ।

  • १० मंसिर २०७८, शुक्रबार ०७:०९ प्रकाशित