अध्यक्षमा उठ्ने टुंगो गरेको छैन: उठे भने निर्विरोध छोड्न नि पाइन्छ, चुनौती दिन नि पाइन्छ : ओली

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु अहिले नै अध्यक्षमा उठ्ने या नउठ्ने भन्ने निर्णयमा पुगी नसकेको बताएका छन् ।

आज १० औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलन गर्दै ओलीले यस्तो बताएका हुन् । समझदारी, सहमति र एकता पार्टीमा महत्वपूर्ण भएको बताउँदै अध्यक्ष ओलीले अहिलेनै अध्यक्षमा उम्मेदवारी दिने नदिनेबारे टुंगोमा पुगिनसकेको ओलीले बताएका हुन् ।

ओलीले पत्रकार सम्मेलनमा भने, ‘मैले अध्यक्षमा उठ्ने टुंगो गरेको छैन । उठ्ने टुंगो गरेँ भने निर्विरोध छोड्न पनि पाइन्छ, चुनौती दिन पनि पाइन्छ । चुनौतीलाई स्वागत गर्छु ।’

यस्तै ओलीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भीम रावलले आफूलाई चुनौती दिएको नभई आफुलाई माया र सम्मान दिएको बताए ।

  • ७ मंसिर २०७८, मंगलवार १५:१५ प्रकाशित