उम्मेदवारी घोषणा गर्दै घनश्याम भुषालः ओलीले भेट्न बालकोट बोलाए

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

एमाले उपमहासचिव घनश्याम भुसालले उम्मेदवारी घोषणा गर्ने भएका छन् ।

एमाले उपाध्यक्ष भीम रावलको अध्यक्ष पदमा उम्मेदवारी घोषणा पछि भुसालले पनि उम्मेदवारीको तयारी गरेका छन् । भुसाल निकट स्रोतको अनुसार भुसालले आफ्ना पक्षका नेता कार्यकर्ताहरूसँगको छलफलपछि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् । त्यसअघि उनले पार्टीका केही नेता, महाधिवेशन प्रतिनिधि, शुभचिन्तक र समर्थकहरूसँग कुराकानी गर्ने जनाइएको छ ।

उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेकाले सो पदबाहेक अन्य पदमा उम्मेदवारी दिन भुसाललाई सुझाव आएको बताइन्छ । भुषालले उम्मेदवारी दिने लगभग निश्चित भइसकेको तर कुन पदमा उम्मेदवारी दिने भन्ने अहिले नै निश्चित भैनसकेको बताइएको छ । सम्भवत मंगलबारसम्म टुंगो लाग्ने बताइएको छ।

भुसालले उम्मेदवारी दिने तयारी गरिरहेको खबर पाएपछि अध्यक्ष केपी ओलीले उनलाई बालकोटमा भेट्न बोलाएको बताइएको छ । तर भुसालले भने भेटघाटलाइर्ए चासो दिएका छैनन् । ओलीलाई भेटेर कुनै उपलब्धि नहुने भएपछि भुसालले ओलीको आग्रहलाई वेवास्ता गरेका हुन् ।

  • ६ मंसिर २०७८, सोमबार १३:१३ प्रकाशित