अर्घौचोकमा बिजुलीको तार सर्ट हुदाँ घरमा आगलागीः लाखौँको क्षति

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

पोखरा ।

पोखरामा आगलागीबाट एक घर जलेको छ ।

पोखरा महानगरपालिका २७ अर्घौचोकका राजेन्द्रमणी लामिछानेको घरमा आज दिउँसो झन्डै पौने ३ बजे आगलागि भएको जिल्ला प्रहरी कार्यालय पोखराले जनाएको छ । आगलागीबाट अन्दाजी पाँच लाख बराबरको क्षती भएको प्रहरीले बताएको छ ।

बिजुलीको तार सर्ट भई घरको दोस्राृ तलाको बैठक कोठामा अचानक आगो लागेको बताइएको छ ।उक्त आगोलागीबाट कोठामा भएका सामानहरु जलि नष्ट भएको छ मानवीय तथा पशुचौपायमा भने क्षती भएको छैन ।

  • ५ मंसिर २०७८, आईतवार १६:०६ प्रकाशित