कौडा खेलिरहेका ११ जना ४५ हजारसहित पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

तनहुँमा कौडा खेलिरहेका ११ जना पक्राउ परेका छन् ।

तनहुँको म्याग्दे गाउँपालिका ४ फलाम्दीबाट आज दिउँसो २ बजे उनीहरु पक्राउ परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । उनीहरुको साथबाट ४५ हजार ३२० रुपैयाँ नगद र १६ थान कौडा बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भईरहेको छ ।

  • ३० कार्तिक २०७८, मंगलवार १६:३६ प्रकाशित