कार्यालय समय अगावै सर्वोच्च गेटमा धर्ना दिन पुगे कानून व्यवसायी

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रेका कानुनव्यवसायी सर्वोच्च अदालतको गेटमा धर्ना दिन पुगेका छन् ।

आज कार्यालय समय अगाडि नै उनीहरु धर्नाका लागि सर्वोच्च पुगेका हुन् । शुक्रबार जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने प्रयास गरेपनि उनी वैकल्पिक गेटमार्फत प्रवेश गरेपछि कानुनव्यवसायी झनै आक्रामक बन्दै आएका छन् । आज उनीहरुले दवै गेटमा धर्ना दिने गरि कार्यालय समय अगाडि नै सर्वोच्च पुगेका हुन ।

विभिन्न विवादमा तानिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।जबराले भने आफुले राजीनामा नदिने अडान लिदैँ आएका छन् ।

  • २८ कार्तिक २०७८, आईतवार १०:२८ प्रकाशित